१६ चैत्र २०८२, सोमबार | March 30, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बैठकमा नपुगेपछि एमाले कार्यदलको बैठक स्थगित



काठमाडौं । एमाले विवाद मिलाउने भन्दै कार्यदल बनाएर तत्कालका लागि प्रधानमन्त्री केपी ओलीले विपक्षी गठबन्धनलाई बहुमत पु¥याउनबाट रोकेपनि विवाद मिलाउन भन्दै बनेको कार्यदलमा सदस्यहरुनै अनुपस्थित हुने क्रम सुरु भएको छ । मंगलबार बसेको कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन् भने आज बस्ने तय भएको कार्यदलको बैठकमा पनि मुख्यमन्त्री पोखरेलको अनुपस्थितीका कारण स्थगित भएको छ । राजीनामा दिने अन्तिम निश्कर्षमा पुगेका नेपाल पक्षलाई पार्टीको संगठन २०७५ जेठ २ गतेको अवस्थामा लैजान प्रधानमन्त्री ओलीले सहमती जनाउँदै कार्यदल बनाएपछि राजीनामा रोकिएको थियो ।

मंगलबार बसेको पहिलो बैठकले पार्टी पङ्क्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आव्हान गरेको थियो । कार्यदलको सोही बैठकले कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्र निर्धारण गर्ने गरि सकिएको थियो भने आजको बैठकले कार्यविधि, आचारसंहिता र कार्यक्षेत्र बारे छलफल हुने र पारित गर्ने भनिएको थियो । बैठकमा सबै सदस्यहरु उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको बैठकमा सहभागी एक नेताले बताए। बैठक भोलि साँझ ५ बजे बस्ने बताइएको छ ।

पार्टी भित्रको अन्तरविरोधको समाधान गर्न एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५/५ जना गरी १० सदस्यीय कार्यदल बनाइएको छ । मंगलवार पहिलो बैठक बसेको कार्यदलको समयावधी तीन दिनको रहेको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् भने वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : ४५ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई