६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा संक्रमित थपिने संख्या घटेपनि अनुपात घटेन, २४ घण्टामा १७ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा संख्यात्मक हिसावले संक्रमितको संख्या केही घटेको देखिएपनि अनुपातको हिसावले र मृत्युदरका हिसावले कोरोना माहामारीको क्रम घट्न नसकेको तथ्यांकले देखाएको छ । आज पनि बाँकेका ३ वटा प्रयोगशालामा कुल नमुना परीक्षणको ५८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । ती ल्यावहरुमा ५८७ नमुना परीक्षण गर्दा ३४२ जनामा संक्रमिण पुष्टि भएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पताल ल्यावमा ३०४ नमुना परीक्षण गर्दा २०८ जनामा, नेपालगन्ज मेडिकल कलेज ल्यावमा ९७ नमुना परीक्षण गर्दा ३८ जनामा र बागेश्वरी पीसीआर ल्यावमा १८६ नमुना परीक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएको ३४२ संक्रमित मध्य २०६ जना बाँकेका हुन् । अन्य जिल्लाको तुलनामा बाँकेको संक्रमणको दर अझै उच्च देखिएको छ । बाँकेमा कुल नमुना परीक्षणको संख्यामा ६० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । बाँकेमा आज २०६ जना नयाँ संक्रमित थपिएका छन् ।

२४ घण्टाकै अवधीमा बाँकेमा ३३८ जना कोरोना मुक्त भएका छन् । आज मृत्यु भएसँगै जिल्लामा मृतकको संख्या २६९ जना र जिल्ला बाहिरका मृतकको संख्या २२२ जना पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ६ : ०१ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम