१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेमा १० घण्टाका बीचमा ७ जना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा राती १० घण्टाका बीचमा जिल्लामा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य ३ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुर र ४ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ जना र ५ जना जिल्ला बाहिरका छन् । मेडिकल कलेजमा मृत्यु हुनेहरुमा जेठ ३ गते भर्ना भएका नेपालगन्ज २० का ५७ वर्षिय पुरुष, बैशाख १८ गते भर्ना भएका पुनर्वास ६ कञ्चनपुरकी ४७ वर्षिया महिला र जेठ ११ गते भर्ना भएकी घोराही ३ दाङकी ५६ वर्षिया महिला रहेका छन् ।

त्यसैगरि जेठ ३ गते भेरी अस्पताल भर्ना भएकी जानकी ९ कैलालीकी ७४ वर्षिया महिला, जेठ ११ मा भर्ना भएकी बाँसगढी ५ बर्दियाकी ७५ वर्षिया महिला, जेठ ६ गते भर्ना कएकी नेपालगन्ज २० की ५५ वर्षिया महिला र जेठ १२ गते भर्ना भएका गुलरिया ५ बर्दियाका ८० वर्षिय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको डीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ,

बाँकेमा आज बिहान सम्ममा जिल्ला भित्रका २८४ जना र जिल्ला बाहिरका २६४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ९ : ३९ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका