७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा १० घण्टाका बीचमा ७ जना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा राती १० घण्टाका बीचमा जिल्लामा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य ३ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुर र ४ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ जना र ५ जना जिल्ला बाहिरका छन् । मेडिकल कलेजमा मृत्यु हुनेहरुमा जेठ ३ गते भर्ना भएका नेपालगन्ज २० का ५७ वर्षिय पुरुष, बैशाख १८ गते भर्ना भएका पुनर्वास ६ कञ्चनपुरकी ४७ वर्षिया महिला र जेठ ११ गते भर्ना भएकी घोराही ३ दाङकी ५६ वर्षिया महिला रहेका छन् ।

त्यसैगरि जेठ ३ गते भेरी अस्पताल भर्ना भएकी जानकी ९ कैलालीकी ७४ वर्षिया महिला, जेठ ११ मा भर्ना भएकी बाँसगढी ५ बर्दियाकी ७५ वर्षिया महिला, जेठ ६ गते भर्ना कएकी नेपालगन्ज २० की ५५ वर्षिया महिला र जेठ १२ गते भर्ना भएका गुलरिया ५ बर्दियाका ८० वर्षिय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको डीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ,

बाँकेमा आज बिहान सम्ममा जिल्ला भित्रका २८४ जना र जिल्ला बाहिरका २६४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ९ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई