१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बाँके र रुपन्देहीमा घट्यो संक्रमणको दर, छिमेकी जिल्लाबाट संक्रमति आउने क्रम भने रोकिएन



बुटवल । एक साता अगाडि सम्म कोरोनाको हटस्पट जस्तै देखिएको बाँके र रुपन्देहीमा यो साता लगातार संक्रमण र मृत्युदरमा घट्ने क्रम सुरु भएको छ । एकैदिन लगातार १० जना भन्दा बढीको मृत्यु र ८ सय भन्दा बढी संक्रमित थपिने गरेको दुबै जिल्लामा अहिले संक्रमित थपिने दर र मृत्युदर दुबै घटेको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार बाँकेमा आज ६७० नमुना परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएकोमा बाँकेका ११९ जनामा मात्र संक्रमण पुष्टि भएको छ । बाँकेमा १७७ जना कोरोना मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा जिल्लामा ४ जनाको मात्र मृत्यु भएको छ । बाँकेमा उपचाररत ५ जना जिल्ला बाहिरका संक्रमितको पनि बाँकेमा मृत्यु भएको छ ।

यता रुपन्देहीमा पनि संक्रमण र मृत्युदर घट्ने क्रम जारी छ । आज १४४३ नमुना परीक्षण गर्दा रुपन्देहीमा ११२ जनमा मात्र संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा मृत्युदर भने अलि बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज ९ जना कोरोना संक्रमतिको रुपन्देहीका बिभिन्न अस्पतालहरुमा मृत्यु भएको छ । गम्भीर प्रकृतीका संक्रमितहरु थपिने क्रममा कमी आएको ती अस्पतालहरुले जनाएका छन् । आज मृत्यु भएकाहरु केहिदिन पहिले देखि भर्ना भएका गम्भीर अवस्थामा रहेका संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा आज ३८४ जना कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् ।

जिल्ला भित्र संक्रमणको दर घटेपनि छिमेकी जिल्लाहरुबाट उपचारका लागि रुपन्देही र बाँके आउने क्रम भने रोकिएको छैन । दुबै जिल्लाका अस्पतालहरुमा जिल्ला भित्रका संक्रमितहरु घट्दै गएको र बाहिरी जिल्लाका संक्रमितहरु थपिँदै गएको अस्पतालहरुले जनाएका छन् । पछिल्ला दिनहरुमा जिल्ला भित्रबाट भन्दा बाहिरी जिल्लाका संक्रमित आउने क्रम बढेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए ।

यता लुम्बिनी प्रादेशिक अस्पतालमा पनि रुपन्देहीको संक्रमित आउने क्रम कम भएको र बाहिरी जिल्लाबाट आउने संक्रमितको संख्या थपिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : ५७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम