१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेमा कोरोना संक्रमित घट्ने क्रम जारी, कुल नमुना परीक्षणको ३३ प्रतिशतमा मात्र संक्रमण पुष्टि, मृत्युको संख्या शुन्य



नेपालगन्ज ।  कुनैबेला कुल नमुनामा ८५ प्रतिशत सम्म कोरोना संक्रमण पुष्टि हुने गरेको बाँकेमा अहिले संक्रमणको अनुपात घटेर ३३ प्रतिशतमा सिमित भएको छ । आज बाँकेमा ३ वटा प्रयोगशालामा भएको नमुनामा ३३ दशमलव ८२ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको हो । बाँकेका ३ वटा ल्यावमा ६२१ नमुना परीक्षण गरिएकोमा २१० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

डीसीएमसी बाँकेका अनुसार भेरी अस्पताल पीसीआर ल्यावमा ४०४ नमुना परीक्षण भएकोमा १४७ जनामा, नेपालगन्ज मेडिकल कलेज ल्यावमा १३८ नमुना परीक्षण गरिएको ३५ जना र बागेश्वरी पीसीआर ल्यावमा ७९ नमुना परीक्षण गरिएकोमा २८ जनामा मात्र संक्रमण पुष्टि भएको छ । कुल २१० संक्रमित मध्य बाँके जिल्लाका ५९ जनामा संक्रमिण देखिएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

पछिल्लो २४ घण्टामा बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ५ जनाको मृत्यु भएको छ भने जिल्ला भित्रका १०४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेमा आज सम्म १०८२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित थपिने क्रम घटेसँगै अस्पताल आउने संक्रमितको संख्या पनि घटेको छ । दोस्रो कोरोना कहर सुरु भएदेखि पहिलो पटक भेरी अस्पतालको इमर्जेन्सी विधाग आज केहिबेर रित्तो भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : २४ बजे

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत