१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बाँकेमा उपचाररत ७ कोरोना संक्रमितको १२ घण्टाका बीचमा मृत्यु



नेपालगन्ज । बाँकेका २ वटा अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीएमसी बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जना र भेरी अस्पतालमा उपचाररत ५ जनाको १२ घण्टाको बीचमा मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा जेठ १३ गते भर्ना भएका तुलसिपुर ४ दाङकी ४२ वर्षिय महिला र बैशाख २४ गते देखि मेडिकल कलेज भर्ना भएकी बिरेन्द्रनगर सुर्खेतकी ६३ वर्षिया महिलाको मृत्यु भएको छ । त्यसैगरि भेरी अस्पताल नेपालगन्जमा जेठ २ गते भर्ना भएका बाँसगढी ३ बर्दियाका ४२ वर्षिय पुरुष, जेठ १३ गते भर्ना भएका बागचौर ८ सल्यानका ६१ वर्षिय पुरुष, ३ गते भर्ना भएकी बढैयाताल ५ बर्दियाकी ५८ वर्षिया महिला, जेठ ८ गते भर्ना भएकी गेरुवा १ बर्दियाकी ६८ वर्षिया महिला र जेठ २ गते भर्ना भएकी तुलसिपुर १४ दाङकी २४ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए । पछिल्लो १२ घण्टामा बाँकेका कोहिपनि संक्रमितको मृत्यु नभएको पनि उनले बताए ।

आजसम्ममा बाँकेका २८८ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने जिल्ला बाहिरको मृत्यु हुनेको संख्या २८२ पुगेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  २ : २१ बजे

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ