१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रुपन्देहीमा एकै दिन ८९० जना कोरोना मुक्त, बाँके र रुपन्देहीमा संक्रमण घट्ने क्रम जारी



बुटवल । आजपनि बाँके र रुपन्देहीमा कोरोना संक्रमणको दर घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा ४२ जना र रुपन्देहीमा १४७ जना कोरोना संक्रमति थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशालामा ३०९ नमुना परक्षिण भएकोमा ८० जनामा संक्रमण पुष्टि भएका मध्य बाँकेका ४२ जनामा मात्र संक्रमण देखिएको छ भने रुपन्देहीमा ५३८ नमुना परीक्षण गर्दा १४७ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

डिसीएमसी बाँकेका अनुसार भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ४७ जना, नेपालगन्ज मेडिकल कलेजमा ६४ नमुना परीक्षण गर्दा १९ जना र बागेश्वरी ल्यावमा ३०९ नमुना परीक्षण गर्दा ८० जनामा मात्र संक्रमण पुष्टि भएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ, जसमध्य बाँके जिल्लाका ४ जना र जिल्ला बाहिरको ५ जना रहेका छन् । बाँकेमा सोही अवधीमा १३४ जना डिस्चार्ज भएका छन् । बाँकेमा आज समममा बाँके जिल्ला भित्रका २९३ र जिल्ला बाहिरका २८७ कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

यता रुपन्देहीमा आज बुटवल उपमाहानगर र तिलोत्तमा नगरमा ३६।३६ जना, देवदहमा १९ जना, सियारीमा ११ जना, सैनामैनामा १० जना कोरोना संक्रमित थपिएका छन् । अन्यपालिकाहरुमा १० जनाभन्दा कम संख्यामा संक्रमित थपिएका छन् । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । बिभिन्न पालिकाका आइसोलेशन र होम आइसोलेशनमा मृत्यु भएर छुट भएका १४ जनाको पनि मृत्यु भएको विवरणपनि आज मात्र प्राप्त भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । मृत्यु भईसकेपछि संक्रमण पुष्टि हुने र पालिकाहरुले समयमा मृत्युको विरण नपाठाई एकमुष्ठ पठाउने गरेकाले मृत्युको अध्यावधिकमा फरक पर्ने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

रुपन्देहीमा सोही अवधीमा ८९० जना एकै पटक कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : ५१ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई