७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँकेमा घट्दो क्रममा कोरोना माहामारी, आज बाँकेमा २५ जनामा संक्रमण सिमित



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर घट्ने क्रम आजपनि जारी रहेको छ । बाँकेका ३ वटा प्रयोगशालामा भएको ३१० नमुना परीक्षणमा ९३ जनामा मात्र संक्रमण पुष्टि भएसँगै बाँकेमा संक्रमणको दर घटेको पाईएको हो । ९३ जना मध्य बाँकेका २५ जना र बाँकी अन्य जिल्लाका रहेका छन् ।

डीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालमा परीक्षण भएको २१० नमुनामा ६६ जनामामात्र कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी पीसीआर ल्यावमा १०० नमुना परीक्षण गर्दा २७ जनामा मात्र संक्रमण देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा २ जना जिल्ला भित्रका र ५ जना उपचारका लागि बाहिरी जिल्लाबाट आएका कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा बाँकेमा ९४ जना कोरोना मुक्त भएका छन् ।

बाँकेमा आजसम्ममा ६८८ जनामात्र सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या थपिने र नयाँ संक्रमितको संख्या घट्ने क्रम बढेका कारण अस्पतालका बेडहरु पनि खालि हुँदै गएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए ।

जिल्लाका विभिन्न चारवटा अस्पतालमा अझै २६१ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको डीसीएमसी बाँकेले जनाएको छ । २६१ बिरामी मध्ये ११५ जना सिकिस्त रहेको समितिले उल्लेख गरेको छ ।

डीसीएमसी बाँकेका अनुसार आज दिउँसो ४ः४० बजे सम्ममा भेरी अस्पताल नेपालगन्जमा ३८ जना सिकिस्त रहेका छन भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ७३ जना, वेस्टर्न अस्पताल नेपालगन्जमा ४ जना सिकिस्त संक्रमतिको उपचार भईरहेको छ ।

२६१ जना बिरामीमध्ये, १०६ जना बाँके जिल्लाका हुन भने, १५५ जना बाहिरी जिल्लाका बिरामी भएको समितिले बताएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ६ : ४३ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा