१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

काठमाडौंको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो; खाद्यान्न, पुस्तक पसल आंशिक खुला



काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बुधबार बसेको बैठकले निषेधाज्ञा थप एकसाता लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले हाल जारी निषेधाज्ञामा केही छुट दिने निर्णय गरेको छ ।

त्यसबीचमा किराना पसल, डिपार्टमेन्टरस्टोरका खाद्यान्न युनिट र पुस्तक तथा स्टेशनरी पसल निश्चित समय खोल्न दिने निर्णय भएको छ । जेठ १४ गतेदेखि जारी हालको निषेधाज्ञामा तरकारी, फलफूल, दुध र मासु पसलमात्र बिहान ९ बजेसम्म खोल्न दिएको छ । बाँकी सबै पसलहरु बन्द गरिएको छ ।

यसैगरी विकास निर्माणको कामका लागि रातिमा मात्रै निर्माण सामग्री ओसार्न दिइने भएको छ भने दिउँसो मजुदरले काम गर्न पाउनेछन् ।

यातायात संचालनको अन्य नियम भने यथावत राखिएको छ ।

हाल जारी निषेधाज्ञा बिहीबार रातिदेखि सकिँदैछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  २ : ५२ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।