१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सर्वोच्चको ‘फुल कोर्ट’ बैठकमा बनेन इजलास पुनर्गठन मुख्य एजेण्डा



काठमाडौं । संवैधानिक इजलास पुनर्गठनका लागि नियमावली संशोधनलाई मुख्य एजेण्डा बनाएर आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्ने अपेक्षा गरिएपनि इजलास पुनर्गठनको एजेण्डा बिनै आज फुल कोर्टको बैठक बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आह्वानमा आज बस्ने फुल कोर्टको बैठकमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि संकुचन गरिएको अदालतको सेवा सम्बन्धमा र अर्को विविध एजेन्डा राखिएको सर्वोच्च स्रोतले दाबी गरेको छ ।

विविधअन्तर्गत संवैधानिक इजलास पुनर्गठनका लागि नियमावली संशोधनबारे पनि छलफल हुने अनुमान गरिएपनि नियमावली संशोधन जस्तो गम्भिर विषय बिबिधमा छलफल नहुन सक्ने स्रोतले बतायो ।

सर्वोच्च वारका प्रतिनिधि मण्डलसंग भएको छलफलमा प्रधानन्यायाधीस राणाले इजलास पुनर्गठनको सहमती गरेको वार अध्यक्ष पूर्णमान शाक्यले बताएका थिए ।

यस अघि जेठ १३ गते सर्वोच्च अदालतको फुल कोर्ट बैठक बसेको थियो।

संसद विघटन मुद्दामा २ जना न्यायाधीसका बिषयमा वकिलहरुले प्रश्न उठाएपछि २ जना अर्का न्यायाधीसहरुले इजलास छाडेका छन् भने सर्वोच्च वार सहित कानुनबिदहरुले इजलास पुजर्गठनको माग गरेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ९ : २७ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश