६ श्रावण २०८३, बुधबार | July 22, 2026

काठमाडौं-तुम्लिङटार रुटमा बुद्ध एयरद्वारा एटीआर-७२ को परीक्षण उडान



काठमाडौं । बुद्ध एयरले एटीआर-७२ जहाजबाट काठमाडौंबाट संखुवासभाको तुम्लिङटारमा परीक्षण उडान गरेको छ।
बुद्ध एयरका अनुसार परीक्षणमा उडान क्याप्टेन रञ्जनकुमार शर्मा, नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल थिए ।

धेरै जना यात्रु बोक्नसक्ने एटीआर-७२ जहाजको सञ्चालन खर्च कम हुन्छ । जसका कारण यस रुटको भाडा कम हुने बुद्ध एयरले जनाएको छ ।

यसअघि पाँच हजार ८०० भाडा रहेको तुम्लिङटारमा ठूलो जहाजबाट उडान शुरु भएसँगै तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ । तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ ।

हाल तुम्लिङटार विमानस्थलमा बुद्धले ४२ सिट क्षमताको एटीआर जहाज र यती एयरलाइन्सले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएका छन् । कोरोना महामारी सकिएर नियमित उडान शुरु भएसँगै उक्त विमानस्थलमा ७२ सिट क्षमताका जहाजबाट उडान शुरु हुने बुद्धले जनाएको छ ।

नौ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुई वटा बिचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक १०० उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थल केही वर्ष अघि मात्र कालोपत्रे गरिएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ४ : ०७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको