१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेमा २४ घण्टामा ३१ संक्रमित थपिए, बाँकेका अस्पतालहरुमा ११९ बेड खाली



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेका ३ वटा प्रयोगशालामा भएको २४५ नमुना परीक्षणमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य बाँके जिल्लाका ३१ जनामा मात्र संक्रमण देखिएको छ भने बाँकी अन्य जिल्लाका हुन् ।

सोही अवधीमा बाँके जिल्लाका कोभिड अस्पतालहरुमा कोरोना संक्रमणका कारण ३ महिला, ५ पुरुष गरि ८ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा ३ जना र नेपालगन्ज मेडिकल कलेज केहलपुरमा ८ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

डीसीएमसी बाँकेका अनुसार बाँकेमा उपचाररत २०-३० उमेर समुहका २ जना, ४०-५० उमेर समुहका १ जना, ५०-६० उमेर समुहका २ जना, र ६०-७० उमेर समुहका ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश बाबु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मृत्यु हुनेहरु बाँकेका २ जना , सल्यानका २ जना , दाङ,बर्दिया, प्युठान र रुकुमका १/१ जना गरि ४ जना रहेका छन् ।

बाँकेमा आज १८९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने अहिले पनि बाँकेमा सक्रिय संक्रमितको संख्या ४५४ रहेको छ । आज सम्ममा बाँकेमा उपचाररत जिल्ला भित्रका २९७ र जिल्ला बाहिरका ३०७ जनाको मृत्यु भएको छ । आज मध्यान्ह ३ बजे सम्ममा बाँकेका बिभिन्न अस्पतालहरुको कोरोना वार्डहरुमा ११९ बेड खालि भएको अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ४ : २६ बजे

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह