२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाँकेमा २४ घण्टामा ३१ संक्रमित थपिए, बाँकेका अस्पतालहरुमा ११९ बेड खाली



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेका ३ वटा प्रयोगशालामा भएको २४५ नमुना परीक्षणमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य बाँके जिल्लाका ३१ जनामा मात्र संक्रमण देखिएको छ भने बाँकी अन्य जिल्लाका हुन् ।

सोही अवधीमा बाँके जिल्लाका कोभिड अस्पतालहरुमा कोरोना संक्रमणका कारण ३ महिला, ५ पुरुष गरि ८ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा ३ जना र नेपालगन्ज मेडिकल कलेज केहलपुरमा ८ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

डीसीएमसी बाँकेका अनुसार बाँकेमा उपचाररत २०-३० उमेर समुहका २ जना, ४०-५० उमेर समुहका १ जना, ५०-६० उमेर समुहका २ जना, र ६०-७० उमेर समुहका ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश बाबु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मृत्यु हुनेहरु बाँकेका २ जना , सल्यानका २ जना , दाङ,बर्दिया, प्युठान र रुकुमका १/१ जना गरि ४ जना रहेका छन् ।

बाँकेमा आज १८९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने अहिले पनि बाँकेमा सक्रिय संक्रमितको संख्या ४५४ रहेको छ । आज सम्ममा बाँकेमा उपचाररत जिल्ला भित्रका २९७ र जिल्ला बाहिरका ३०७ जनाको मृत्यु भएको छ । आज मध्यान्ह ३ बजे सम्ममा बाँकेका बिभिन्न अस्पतालहरुको कोरोना वार्डहरुमा ११९ बेड खालि भएको अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ४ : २६ बजे

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा