१६ श्रावण २०८३, शनिबार | August 1, 2026

२४ घण्टाका बीचमा बाँकेमा ३ जना संक्रमितको मृत्यु, ४३ नयाँ संक्रमित थपिँदा ७९ जना डिस्चार्ज



नेपालगन्ज । बिगत ३ दिनको तुलनमा बाँकेमा आज भने कोरोना संक्रमणको दर केहि बढेको पाईएको छ । पछिल्लो १ साताबाट लगातार घट्ने क्रममा रहेको बाँकेको संक्रमण दरले आज संक्रमितको संख्यालाई ३ अंकमा पु¥याएको छ । बाँकेका ३ वटा प्रयोगशालामा भएको ३३६ नमुना परीक्षणमा ११५ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्य बाँके जिल्लाका ४३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्ला भित्रका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

डीसीएमसी बाँकेका अनुसार भेरी अस्पताल ल्यावमा १७८ नमुना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १०२ नमुना परीक्षण भएकोमा १० जनामा र बागेश्वरी ल्यावमा ५६ नुमना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाकै बीचमा बाँकेमा जिल्ला भित्रका ३ जना सहित ७ जनाको उपचारका क्रममा मृत्यु भएको छ । आज ७९ जनाले कोरोना मुक्त भएर डिस्चार्ज पाएका छन् । बाँकेमा ४१५ जना सक्रिय संक्रमित संक्रमणबाट मुक्तिको प्रतिक्षामा रहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ५ : २० बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष