२६ बैशाख २०८१, बुधबार | May 8, 2024

रुपन्देहीमा थपिए ७८ नयाँ संक्रमित, २३२ जना डिस्चार्ज हुँदा १ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ४ वटा प्रयोगशालामा गरिएको २४८ नमुना परीक्षणमा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार ११ प्रतिशतमा झरेको संक्रमणको अनुपात आज बढेर ३० प्रतिशतमा पुगेको छ । सोही अवधीमा जिल्लामा १ जनाको मृत्यु भएको छ भने २३२ जना संक्रमण मुक्त भएर डिस्चार्ज लिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिकामा १९ जना, बुटवल उपमहानगरमा १४ जना, सम्मरीमाई गाँउपालिकामा ८ जना, सैनामैना नगरमा ७ जना, सिद्धार्थनगर तथा देवदह र कञ्चनमा ६।६ जना संक्रमित थपिएका छन् । त्यसैगरि ओमसतिया ४ जना, सियारी ३ जना, मायादेबी २ जना र मर्चवारी, सुद्धोधन र लुम्बिनी साँस्कृतिक नगरमा १।१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज पनि १४१७ जना सक्रिय संक्रमितले कोरोनाबाट मुक्तिको प्रतिक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : ३२ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्