२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालगन्जबाट १२ ग्राम ब्राउन सुगर र लागु ‌औषध बेचेको ४१ हजार नगद सहित ४ जना पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले १२ ग्राम भन्दा बढी प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज–२ न्युरोडबाट ३ जना महिला र १ जना पुरुषलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेकाहरुमा खजुरा गाउँपालिका वडानं ८ की ३३ वर्षिया बिबा शाही, खजुरा ४ की ३० वर्षिया गंगा खड्का, नेपालगञ्ज–९ का ३५ वर्षिय राजेश खटिक र बर्दियाको राजापुर नगरपालिका ४ की २१ वर्षिया पुजा परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके तथा लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २ सय मिलिग्राम) ब्राउन सुगर र नगद ४१ हजार ५ सय नगदसहित उनीहरुलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुभास खड्काले बताए ।

उनीहरुलाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : २४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय