६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपालगन्जबाट १२ ग्राम ब्राउन सुगर र लागु ‌औषध बेचेको ४१ हजार नगद सहित ४ जना पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले १२ ग्राम भन्दा बढी प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज–२ न्युरोडबाट ३ जना महिला र १ जना पुरुषलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेकाहरुमा खजुरा गाउँपालिका वडानं ८ की ३३ वर्षिया बिबा शाही, खजुरा ४ की ३० वर्षिया गंगा खड्का, नेपालगञ्ज–९ का ३५ वर्षिय राजेश खटिक र बर्दियाको राजापुर नगरपालिका ४ की २१ वर्षिया पुजा परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके तथा लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २ सय मिलिग्राम) ब्राउन सुगर र नगद ४१ हजार ५ सय नगदसहित उनीहरुलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुभास खड्काले बताए ।

उनीहरुलाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : २४ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना