१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेमा उपचाररत ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु



नेपालगन्ज । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको फरक फरक समयमा मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका स्वर्गद्वारी प्युठानमा ६० वर्षिय पुरुषको आईतबार राती ८ः४५ मा मृत्यु भएको छ भने जेठ २१ गते भर्ना भएका शारदा १३ सल्यानका ५५ वर्षिय पुरुषको आज बिहान ७ बजे मृत्यु भएको छ । त्यसैगरि जेठ १९ गते भेरी अस्पतालमा भर्ना भएका बंगलाचुली ३ दाङका ५२ वर्षिय पुरुषको आईतबार राती ७ः५० बजे मृत्यु भएको थियो भने हिजै भेरी अस्पताल भर्ना भएका मुसिकोट ७ रुकुम पश्चिमका ६३ वर्षिय पुरुषको पनि आईतबार राती ८ः३० बजे मृत्यु भएको छ ।

यो मृत्युसँगै बाँकेमा उपचाररत जिल्ला बाहिरका ३१७ जना र जिल्ला भित्रका ३०२ जनाको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ८ : ५६ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित