७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

माओवादी केन्द्रद्वारा प्रदेश इन्चार्जहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं । कोरोना भाइरस विरुद्ध पार्टीगत अभियान चलाइरहेको नेकपा माओवादी केन्द्रले आज प्रदेश इन्चार्जहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशका इन्चार्जहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । माओवादी केन्द्रले कोरोना भाइरस विरुद्ध लड्न देशभर पार्टीका नेता कार्यकर्ताहरुलाई परिचालन गरेको छ ।

यी स्वास्थ्य सामग्रीहरु चीन सरकार, प्रवास पार्टी कमिटी र स्वास्थ्य सेवा सम्बद्ध विभिन्न संगठनहरुबाट प्राप्त भएको माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए । प्रदेश इन्चार्जहरुले आआफ्ना प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा यी स्वास्थ्य सामग्री वितरण गर्नेछन् ।

स्वास्थ्य सामग्रीहरुमा एन–९५ मास्क, केएन–९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन, अक्सिमिटर, खाली र भरिएका अक्सिजन सिलिण्डर, पीपीई सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल, लगायतका रहेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ४ : १७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल