१६ श्रावण २०८३, शनिबार | August 1, 2026

माओवादी केन्द्रद्वारा प्रदेश इन्चार्जहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



काठमाडौं । कोरोना भाइरस विरुद्ध पार्टीगत अभियान चलाइरहेको नेकपा माओवादी केन्द्रले आज प्रदेश इन्चार्जहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशका इन्चार्जहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । माओवादी केन्द्रले कोरोना भाइरस विरुद्ध लड्न देशभर पार्टीका नेता कार्यकर्ताहरुलाई परिचालन गरेको छ ।

यी स्वास्थ्य सामग्रीहरु चीन सरकार, प्रवास पार्टी कमिटी र स्वास्थ्य सेवा सम्बद्ध विभिन्न संगठनहरुबाट प्राप्त भएको माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए । प्रदेश इन्चार्जहरुले आआफ्ना प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा यी स्वास्थ्य सामग्री वितरण गर्नेछन् ।

स्वास्थ्य सामग्रीहरुमा एन–९५ मास्क, केएन–९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन, अक्सिमिटर, खाली र भरिएका अक्सिजन सिलिण्डर, पीपीई सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल, लगायतका रहेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ४ : १७ बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान