४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ कार्यान्वयनमा, निषेधाज्ञा उल्लंघन गर्ने भाटभटेनी स्टोरलाई ४ लाख जरिवाना



काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई चार लाख जरिवाना गरिएको छ । निषेधाज्ञाको उल्लंघन गरी स्टोर खोलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाटभटेनीलाई ४ लाख जरिवाना तोकेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार स्थानीय प्रशासनको आदेश पालना नगरेको आरोपमा स्टोरसँग चार लाख रुपैयाँ जरिवाना गरिएको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । हालै जारी भएको अध्यादेशमा व्यक्तिले निषेधाज्ञा उल्लंघन गरेमा एक लाख र संस्थाले उल्लंघन गरे पाँच लाखसम्म जरिवाना असुल्न सक्ने व्यवस्था गरिएको छ ।

निषेधाज्ञाको उल्लंघन गर्दै सोमबार दिउँसो भाटभटेनी संचालन गरेपछि कोटेश्वर शाखाका प्रबन्धक सागर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । उपत्यकामा जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने आदेश गरिएको भएपनि दिनभर भाटभटेनी खुला रहेको सूचनाका आधारमा प्रशासनले अनुगमन गरेकोमा सो स्टोर खुल्ला रहेको पाईएपछि प्रबन्धक गुरुङलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको