२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

उपत्यकामा २२ गतेदेखि सबै सवारी साधन संचालन हुने, जोरबिजोर प्रणाली हट्यो



काठमाडौं । काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली हटेको छ । अब सबै सार्वजनिक सवारी साधनहरु हरेक दिन निर्वाध चल्न पाउने भएका छन् ।

काठमाडौं उपत्यकका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले असार २२ गते मंगलबारदेखि सबै सार्वजनिक र निजी सवारी साधानम लगाईंदै आएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

यसरी सवारी साधान संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ । यससँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सबै सवारी साधन समेत चल्न पाउनेछन् । यातायात व्यवसायीले २५ सिट क्षमताभन्दा बढीका गाडी मात्र चलाउन पाउने यसअघिको निर्णय खारेज नभएर २२ गतेदेखि आफै सबै गाडी संचालन गर्ने चेतावनी दिएका थिए । तर, लामो दूरीका सवारी साधन भने संचालन हुन पाउनेछैनन् ।

सीडिओ बैठकले २५ जनासम्म उपस्थित हुने गरी भौतिक रुपमा परीक्षा संचालन गर्न शैक्षिक संस्थाहरुलाई अनुमति दिएको छ । तर स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने अझै पनि बन्द नै हुनेछन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ४२ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु