३२ असार २०८३, बिहिबार | July 16, 2026

कर्णाली प्रदेशका सांसद पुनर्वहाली विरुद्ध केपी ओलीको भ्याकेट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेभएको छ ।

कर्णाली प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि अध्यक्ष ओली भ्याकेटमा गएका थिए । ओलीसँगै कर्णाली प्रदेशसभा सचिवालयले पनि भ्याकेट निवेदन दिएको थियो ।

अन्तरिम आदेश खारेज गर्न भ्याकेटमा गएका ओलीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अर्को पक्षलाई सूचना दिन भनेको थियो ।

न्यायाधीसद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा निवेदनमाथि सुनुवाइ गरी आज सो भ्याकेटको पेशी चढेको छ ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको ह्वीप उल्लंघन गरेपछि सो पार्टीका चारजना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरवहादुर थापा र कुर्मराज शाहीलाई पार्टीले पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले चार सांसदको पद खारेज गरेपछि उनीहरु त्यसविरुद्ध सर्वोच्च अदालतमा गएका थिए ।

सर्वोच्चका न्यायाधीस प्रकाशिमानसिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै एमालेको दशौं महाधिवेशन आयोजक कमिटी नै अवैध भएको ठहर गरेको थियो । र, सो कमिटीले गर्ने कारवाही बदर गरेर ती सांसदहरुलाई पुनर्वहाली गर्न आदेश दिएको थियो ।

एमालेले सर्वोच्चको आदेश पालना गर्दै दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ११ : १९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना