काठमाडौं । बिहीबार देशभर ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।
कुल १४ हजार २४२ परीक्षणमध्ये ९ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ४ हजार ६८७ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसै अवधिमा १ हजार ३७३ जना डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।
प्रतिक्रिया