१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

भरिँदै आईसीयू र भेन्टिलेटर



काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १६० भेन्टिलेटर र ६३६ जना आईसीयूमा छन् ।

जसअन्तर्गत १ नम्बर प्रदेशमा ११५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । २ नम्बर प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन् ।

बाग्मती प्रदेशमा ३८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १६ आईसीयू र ४ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ७ आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । यसअघि बुधवार ६११ आईसीयू र १६८ भेन्टिलेटरमा उपचाररत र साउन १२ गते ६११ आईसीयू र १७१ जना भेन्टिलेटरमा थिए ।

बिहीवार देशभर थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवारै ९ हजार ५ सय ५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षण गरिएको छ । कूल संक्रमित संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३७३ संक्रमित निको भएका छन् । यससँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।

सोही अवधिमा १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ । केही दिनयता संक्रमित संख्या बढ्दोक्रममा रहेको समेत पाइएको छ ।

संक्रमण रोकथाम उच्चतम उपाय जनस्वास्थ्य मापदण्ड कार्यान्वयन भएको भन्दै स्वास्थ्य मन्त्रालयले पटक–पटक हेलचक्र्याइँ नगर्न आग्रह गर्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : २६ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन