१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाँकेमा पत्रकारका नाममा खुल्ला वार्गेनिङ : आचारसंहिता पालना नगर्ने पत्रकारको पत्रकार महासंघ जिम्मा नलिने



नेपालगन्ज । बाँकेको नेपालगन्जमा पत्रकारको नाममा सीमा आतंङ्क मच्चिएपछि पत्रकार महासंघ आफै आचारसंहिता विपरित काम गर्ने पत्रकारहरुका विरुद्ध विज्ञप्ति निकाल्न बाध्य बनेको छ । पत्रकारको नामबाट सीमामा सर्वसाधारण, व्यवसायी सहित प्रहरीसँग समेत वार्गेनिङ गरिन थालेपछि महासंघको बाँके शाखाले त्यस्ता पत्रकारहरुका विरुद्ध विज्ञप्ति प्रकाशित गरेको छ ।

महासंघले विज्ञप्ति मार्फत पत्रकार आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेकोछ । पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि विज्ञप्ति नै निकालेर आचारसंहिता पालना गर्न अपील गरेको हो ।

पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाददाता कार्ड राखेका राजन बैश्यलाई बाँके प्रहरीले रकम बार्गेनिङ्गमा संलग्न पाएपछि पक्राउ गरेको छ । पत्रकार महासंघ बाँकेले प्रकाशित विज्ञप्तिमा केहि ब्यक्तिहरुले पत्रकार हौं भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको उल्लेख गरिएको छ ।

आचारसंहिता भित्र रहेर समाचार लेखेकै कारण पत्रकारमाथि जुनसुकै पक्षबाट आउने धम्की, आक्रमणका बिरुद्ध नेपाल पत्रकार महासंघ सशक्तरुपमा अगाडी सर्दै आएको जनाउंदै विज्ञप्तिमा पत्रकारिता पेशाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संलग्न हुने, रकमको बार्गेनिङ्ग गर्ने, भिडियो र फोटो खिचेर समाचारका रुपमा प्रकाशन, प्रशारण नगरी ब्ल्याकमेल गर्ने जस्ता कार्यमा संलग्न भएको पाइएमा महासंघले वकालत नगर्ने प्रतिबद्धता व्यक्त गरिउको छ । ‘गल्तीको भागिदार स्वयं बन्नुपर्ने छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

घटना अनुसार एबिपी क्राईम न्यूजको सम्बाददाताको परिचयपत्र राखेका राजन बैश्यले प्रहरीसंग ‘तपाईले पैसा लिइरहेको भिडियो मसंग छ’ भन्दै होटलमा बोलाएर एक लाख ६० हजार मागेपछि प्रहरीले बैश्य सहित उक्त अनलाइनको आफुलाई सन्चालक र पत्रकार बताउने आशिष मल्ल ठकुरीलाई बिहिबार (साउन १४) गते पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । बैश्यले सबैका सामु प्रहरीसंग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् ।

‘पत्रकार हौं भन्दै धम्काउने, पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्यले बास्तबिक पत्रकारको पेशागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेशा नै बद्नाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भइसकेकाले यस्ता कार्य नगर्न सबैमा अनुरोध गर्दछौ । महासंघको विज्ञप्तिमा उल्लेख छ,’ -‘उक्त कार्य कहीकतैबाट कसैले गरेमा महासंघ बाँकेमा खबर गर्न पनि सम्बन्धित सबैमा अनुरोध छ ।’

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ३५ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।