१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

भारतबाट झापाका ५ बालकको उद्धार



झापा । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ ।

विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ ।

शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर-१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर-५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल तथा दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका संयोजक कुमार बस्नेतले बताए ।

उद्धार गरिएका सबैलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको छ । उद्धार गरी ल्याइएका बालकले आफूहरु २०५६ सालमा घुम्नका लागि भारत गएका बेला आफूहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बङ्गालस्थित जलपाइगुडी जिल्लाको एक बालगृहमा लगिएको बताएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ०९ बजे

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न

मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।