१४ चैत्र २०८२, शनिबार | March 28, 2026

पछिल्लो २४ घण्टामा नेपालमा थपिए ३१०६ जना संक्रमित, २३ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २६३ जनाको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८२६ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म नेपालमा पीसीआर परीक्षणबाट देखिएका कोरोना संक्रमितको कुल संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ भने एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएकाको कुल संख्या ६१ हजार ३५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ५६ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति