५ पुस २०८२, शनिबार | December 20, 2025

कर्णालीमा ओली पक्षको जीत, ह्वीप उल्लंघन गर्ने ४ एमाले सांसद पदमुक्त



सुर्खेत । कर्णालीका ४ जना सांसदको पद गएको छ । सवोच्च अदालतले एमालेले दिएको भ्याकेट निवेदनको सुनुवाई गर्दै पार्टीले गरेको कारवाही सदर गरिदिएपछि ४ एमाले सांसद पद मुक्त भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासबाट आज एमालेले गरेको कारवाहीलाई सदर गरेको थियो ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेकोमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले दशौं महाधिवेशन आयोजक कमिटी प्रति नै कानुनी प्रश्न उठाउँदै अन्तरिम आदेशबाट कारवाही बदर गरेको थियो । अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले असार ७ मा भ्याकेट निवेदन दिएका थिए ।

यसअघि एमाले केन्द्रीय कमिटीबाट बनेको दशौ महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटी मान्न अदालतले अस्विकार गरेको थियो । केन्द्रीय कमिटीले निर्णय गरेर गठन भएको आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको भन्दै त्यसबाट भएको कारवाहीलाई मान्यता दिन ओलीले भ्याकेट हालेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ५१ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने