७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपियो, झन कडाइ गर्ने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानै नियमलाई यथावत् राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको छ ।

अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको बताइएको छ । यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन् ।

मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन । यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ३८ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने