१५ चैत्र २०८२, आइतबार | March 29, 2026

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपियो, झन कडाइ गर्ने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानै नियमलाई यथावत् राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको छ ।

अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको बताइएको छ । यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन् ।

मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन । यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ३ : ३८ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा