२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपाल पक्षका नेताहरु अध्यक्ष ओलीपक्षमा विलिन भएपछि एमालेको आज पहिलो केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । समानान्तर संगठन चलाएर माधव नेपाल पक्षका लागेका केही नेताहरु पार्टी अध्यक्ष केपी ओलीसँग विलिन भएपछि पहिलो पटक नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमालेबाट विभाजन भएर वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगवाट आधिकारिकता पाएपछि ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्न लागेको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

१० बुँदे सहमति कार्यान्वयन गर्दै थप सहमति भएपछि तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

मंगलबार नेपाल पक्षमा लागेका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको लागि बैठक तय गरेको थियो ।

कार्यालय सचिव तामाङका अनुसार पार्टी आजको बैठकले पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने, १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन बारे बैठकमा छलफल हुनेछ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई बुधबार आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।​ यद्देपी त्यस मध्य १४ जना नेता तथा सांसदहरुलाई एमालेले निर्वाचन आयोग दल दर्ताको निवेदन पुग्नु अघि कारवाही गरिसकेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ९ : १६ बजे

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित