५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना भाइरसका १३८८ नयाँ संक्रमित थपिए, २२६० जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो केहीदिनको तुलनामा आज कोरोना भाइरसका संक्रमितको संख्या उल्लेख्य घटेको देखिएको छ । परीक्षण संख्या कम हुँदा संक्रमितको संख्या पनि घटेको देखिएको हो ।

१० हजार २९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा पीसीआर परीक्षण गर्दा १२ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै३ हजार ३८ जनमा गरिएको एन्टिजेन परीक्षणमा १७४ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २२६० रहेको छ । संक्रमणमुक्त हुनेको संख्या संक्रमितको भन्दा बढी हुँदा सक्रिय संक्रमितको संख्या पनि केही घटेको छ । आज देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १० हजार ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ४ : ५८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता