२० असार २०८३, शनिबार | July 4, 2026

एमाले अध्यक्ष ओलीको गम्भीर प्रश्न – कसलाई खुशी पार्न चीनसँग सीमा विवादको नाटक रचियो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अरु कसैलाई खुशी बनाउन चीनसँग हुँदै नभएको सीमा विवादको बखेडा निकालिएको बताएका छन् ।

शनिबार एमालेको काठमाडौं महानगर कमिटी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चीनसँग सीमा विवाद नै नभएको दाबी गर्दै सरकारले अहिले बनाएको सीमा विवाद अध्ययन समिति अरु कसैलाई खुशी पार्न गरिएको बताए । ओलीले प्रश्न गरे, ‘कसलाई कसलाई खुसी पार्न खोजेको हो ? सरकारले प्रष्ट पार्नुपर्छ ।’ ओलील भने, ‘‘चीनसँग सीमा विवाद नै छैन् ।’ उनले अहिले सरकारले बनाएको समितिले सीमा विवाद देखाउन सकोस भन्दै चुनौती दिए ।

अध्यक्ष अ‍ोलीले सरकारले झुक्याएर एमसीसी पारित गर्न खोजेको आरोप लगाए । उनले एमसीसीबारे सरकारका मान्छे कोही पनि नबोलेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘झुक्याएर पास गर्न लागेका छन् । शेरबहादुर जीले भन्नु पर्दैन एमसीसी के गर्ने रु प्रचण्डले भन्नु पर्दैन एमसीसी के गर्ने ? उनीहरु चुपचाप छन् ।’

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ३ : ५२ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी