१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । आफु विरुद्ध केन्द्रित भई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । सापकोटाले सहमतिको प्रयासस्वरुप बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन्। सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको गृहमन्त्री खाँणले प्रतिक्रिया दिएका छन् ।

एमालेले आफुले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेर एमाले फुटाउन मतियार बनेको आरोप लगाउँदै आएको छ । जसका कारण संसद अधिवेशन सुरु भएको दिनदेखि आजसम्म एमालेले लगातार तीन दिन संसद अवरुद्ध गरेको छ ।

एमालेले आज पनि बैठक अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित गरिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ४ : ०९ बजे

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

बेनी । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज