२४ मंसिर २०८२, बुधबार | December 11, 2025

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । आफु विरुद्ध केन्द्रित भई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् । सापकोटाले सहमतिको प्रयासस्वरुप बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन्। सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको गृहमन्त्री खाँणले प्रतिक्रिया दिएका छन् ।

एमालेले आफुले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेर एमाले फुटाउन मतियार बनेको आरोप लगाउँदै आएको छ । जसका कारण संसद अधिवेशन सुरु भएको दिनदेखि आजसम्म एमालेले लगातार तीन दिन संसद अवरुद्ध गरेको छ ।

एमालेले आज पनि बैठक अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित गरिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ४ : ०९ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल