२० असार २०८३, शनिबार | July 5, 2026

प्रतिक्रियावादीको सेवा गर्दै देउवा नेतृत्वको सरकार बनाउने माधव नेपाल कामरेड हुनै सक्दैनन् : एमाले अध्यक्ष ओली



बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा जति आन्तरिक जनवाद अरुकसैमा नभएको दाबी गरेका छन् । उनले आन्तरिक जनबादको माध्यमबाट पार्टी अझै मजबुत बनाईएको बताए ।

एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्व तत्कालिन सरकारले गरेको कामबाट प्रतिपक्ष आत्तिएको बताए । सरकारले विकासका लागि सयौं सडक,अस्पताल जस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियाबादीहरुले सरकार ढालेको आरोप लगाए ।

विकास निर्माणका काममा गति लिएको सरकारका विरुद्ध संगठित भएर प्रतिपक्षले विकासमा अवरोध पुर्याएर अन्ततः एमालेको सरकारलाई विकास गर्नबाट बञ्चित गरेको बताए ।

उनले भने ‘ हामीले शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो । हाम्रो सरकार तिव्र विकासको गतिमा अगाडि बढेको थियो । तर, अहिले हेर्नुस त २ महिना भयो मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।’

एमालेलाई छेक्छु भनेर एमालेलाई रोक्छु भनेर एमालेलाई तोड्छु भन्छ भने त्योशक्ति आफै बिलाएर जाने ओलीको दाबी गरे । माधव नेपालले पार्टीमाथि बञ्चरो प्रहार गरिरहेको उल्लेख गर्दै माधव नेपाललाई कमरेड भन्न नसकिने स्पष्ट पारे । प्रतिक्रियाबादीको सेवा गर्दै देउवा नेतृत्वको सरकार बनाउने माधव नेपाल कामरेड हुनै नसक्ने ओलीको भनाई छ ।

वर्तमान सत्तारुढदलका नेताहरुको बुद्धीको बिर्को बन्द भएको बताउँदै अर्थमन्त्रीले संसदबाट बजेट पारित गर्नुपर्ने समयसीमाका बारेमा समेत थाहा नपाएको टिप्पणी गरे । मध्यरातबाट सरकारले एकरुपैयाँपनि खर्च गर्न नपाउने उल्लेख गर्दै अध्यक्ष ओलीले संसदमा बलमिचाई गरेपनि नियम र बिधि बुझ्न नसकेको बताए ।

एमालेका कार्यकर्ता दुःखी हुने होईन खुसी हुने बेला भएको बताउँदै ओलीले पिलो निचोरिएर गएका बेला सबै कार्यकर्ताहरुलाई उत्सव मनाउन आग्रह गरे । कार्यक्रममा नाच्ने कलाकारहरुलाई हौसाउँदै ओलीले भने , -‘जीवन शर्माको गीतले भने झैं, पिलो निचोरिएर गएको हो, नाच्नुहोस्, खुसी मनाउनु होस्, उत्सव मनाउनु होस् ।’

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ५ : ०७ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी