२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

धर्ननिरपेक्षता र संघीयता परिवर्तन हुँदैन : सुवास नेम्वाङ



काठमाडौं । एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले धर्मनिरपेक्षता र संघीयता परिवर्तन नहुने बताएका छन् ।

प्रमुख पार्टीको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितामाथि परिवर्तनको एजेण्डा नबनेको भन्दै यसलाई परिमार्जन गर्ने हल्लामात्रै रहेको बताए । ‘ठूला दलले धर्मनिरपेक्षता र गणतन्त्रमा परिमार्जन गर्छन् भन्ने सुनिन्छ । गणतन्त्र, धर्मनिरपेक्षता समावेशिता परिमार्जन गर्ने प्रमुख पार्टीको कुनै एजेण्डा बनेको छैन । परिमार्जनको कुरा हल्लामात्रै हो । अहिलेको संविधान जनताले बनाएको हो । यसअघिका संविधानको स्रोत शासक र राजा हुन् । २०४७ को संविधान पनि राजाले नै बनाएका थिए । अहिलेको संविधान जनताले बनाएको हो’, नेम्वाङले भने ।

संविधानसभाका अध्यक्ष नेम्वाङले नेपालको संविधान विश्वकै इतिहासमा अद्वितिय रहेको बताए । एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै नेम्वाङले पहिलो संविधानसभा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सल्लाह बिना नै विघटन गर्दा आफू देश अध्याँरो सुरुङतिर गएको बताएको स्मरण गरे ।

‘त्यतिबेला देशलाई अध्यारोतिर हाल्न लागेका साथीहरुले अहिले प्रतिगमन भनिरहहेका छन्’, नेम्वाङले भने । एमालेको प्रयासमा दोस्रो संविधानसभाको निर्वाचन भएको र संविधान जारी भएको स्मरण गर्दै उनले भने, ‘एमालेको अत्याधिक प्रयास र सबै दल एक ठाउँमा उभिँदा दोस्रो संविधानसभाको चुनाव भयो । हामीले संविधान बनायौं । ७० वर्षको जनताको भावनाले मूर्त रूप पायो । समाजवाद उन्मुख संविधान बनाएरै छाड्यौं । यो महत्वपूर्ण उपलब्धी हो ।’

पाँच वर्ष आठमा महिना लगाएर समावेशी संविधानसभाले सबैको भावना समेटेर संविधान बनाएको बताए । ‘सबै हिसाबले समावशी ३१ वटा राजनीतिक दलको उपस्थिति रहेको सभाले संविधान बनाएको हो । विश्वमै उत्कृष्ट संविधानसभाले शून्यबाट काम सुरु गरेर सहभागितामुलक ढंगले संविधान निर्माण गरेको हो’, नेम्वाङले ‘संविधानको विधेयक पनि आफैले बनायौं ।

शून्यबाट माथि जाने अवधारणाअनुसार काम गर्यौं । व्यक्तिगत र संस्थागतरुपमा जनतामाझ लाखौं सुझाव ग्रहण ग¥यौँ । सबैलाई सुझाव लियौं । न्यायाधीशहरूको लियौं । राउटेहरूका राजा सिंहदरबारमा आएर सुझाव दिएको सम्झिन्छु । हामी जंगलको राजा हो । संविधानमा लेखदेउ, राउटेलाई रुख काट्ने अधिकार हुन्छ भनेर सुझाव दिए ।’

जनताको सुझाव संकलन गरेर प्रतिवेदनमा ढाल्न दुई वर्ष लागेको बताएका उनले भने, ‘जनताको सुझाव पढेर प्रतिवेदन बनाउन लागे । दिनमा २० जना सांसदले फोन गर्थे जनतालाई । यस्तो जवाफ दिनुभएको रहेछ, म पढ्दैछु भनेर । यसरी प्रतिवेदन तयार भयो । अहिले पनि संसदको पुस्तकालयमा राखिएको छ । त्यो प्रतिवेदनमा आधारित रहेर मस्यौदा बनायौं । शून्यबाट मस्यौदामा पुग्यौं । मस्यौदा तयार भयो ।’

आफू पूर्वको मानिस रहेको र लिम्बूवानदेखि थारुवानसम्म सुझावहरू समेटेको भन्दै नेम्वाङ भने, ‘म त पूर्वको मान्छे । हाम्रो इलाको माथिपट्टी लिम्बुवान भनिने क्षेत्र छ । ति लिम्बुवानदेखि थारुवानसम्म प्रश्नहहरु आए । ति सबैलाई समेटेर सहभागितामूलक ढंगले संविधान बनाउने काम भएको छ ।’

संविधानसभाको मस्यौदा नबुझाउन दबाब पनि आएको स्मरण गर्दै उनले संविधान समयमा नबनाएको भए के हुन्थ्यो भन्ने त्यसपछिका घटनाले प्रष्ट पारेको बताए । ‘व्यापक छलफल गरेर समावेशी सहभागितामूलक गणतान्त्रिक र धर्मनिरपेक्ष संविधान बनायौं । समझदारी र सम्झौताबाट बनेको हो’, उनले भने ।

संविधान बनाउने क्रममा नेपालको झण्डा र नामसमेत परिवर्तनको प्रस्ताव आएको स्मरण गर्दै नेम्वाङले भने, ‘नेपालको झण्डादेखि नेपालको नामसम्म परिवर्तनको प्रस्ताव पनि आए । तर हामीले सर्वोत्कृष्ट छ भनेर यथावत राख्यौं । जबसम्म आकाशमा सूर्य र चन्द्र रहन्छ, तबसम्म नेपाललाई कसैले केही गर्न सक्दैन भनेर झण्डा पारित भयो । संघीयता धर्मनिरपेक्षता र गणतन्त्रसहितको संविधान बन्यो ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : २५ बजे

बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी, ढाई करोड बढीको क्षति

बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ ।

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष