५ पुस २०८२, शनिबार | December 20, 2025

संविधान दिवसमा वाङ्गलाको रक्तदान



बुटवल । संविधान दिवसको अवसरमा वाङ्गला सम्पर्क समाज, रुपन्देहीले बृहत रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रको परिसरमा आईतबार रक्तदान गरिएको हो ।

एक समारोहका बिच समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराई र स्वयंसेवी रक्तदाता संघका अध्यक्ष कृष्ण चौहानले रक्तदाता कृष्ण प्रसाद अधिकारीलाई ब्लड ब्याग हस्तानन्तरण गरि कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष चौहानले रक्तदानमा रुपन्देही नमुना जिल्ला भएको भन्दै यहाका संघसंस्थाहरुको निरन्तर सहयोगबाट सफलता मिलेको बताए ।

कार्यक्रममा समाजका भानुभक्त भुसाल, सीता खनाल एसि, बिष्णु अधिकारी, रुद्रनाथ खनाल,  विजय पोखरेल, निर्मला श्रेष्ठ, स्वस्तिक पान्डे, सरिता भुसाल, पिताम्वर अधिकारी, बाबुराम भुसाल, दृस्टी कार्की, मिलन अधिकारी, अपेक्षा अधिकारी लगायतले ४० जनाले रगत दान गरेको समाजका उपाध्यक्ष प्रकाश मणि खनालले बताए ।

कार्यक्रममा रक्तदाताहरुलाइ समाजका कुलचन्द्र भुसाल र शिव अधिकारी, कार्यक्रम संयोजन उपाध्यक्ष अनिता केसि, सचिव चिरञ्जीवी भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : १२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र