७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले अध्यक्ष ओली आज नेपालगन्ज आउँदै, कार्यकर्ता भेलालाई सम्बोधन गर्ने



नेपालगन्ज । एमालेबाट माधव नेपाल लगायतका नेताहरुको बहिर्गमन पछि देश दौडाहा निस्केका नेकपा एमालेका अध्यक्ष केपी ओली आज नेपालगन्ज आउँदै छन् । बाँके जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगन्ज आउन लागेका हुन् ।

नेपालगन्जको तारे होटल सिद्धार्थ भ्युमा राखिएको अगुवा कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पुरा भएको एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । भेलालाई अध्यक्ष ओली सहित लुमिबनी प्रदेशका पूर्व मुख्यमन्त्री एवँ एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष कक्षपतीले बताए ।

प्रदेशको अस्थायी राजधानी बुटवलमा खुल्ला चौरमा अगुवा कार्यकर्ता भेला राखिएपनि बाँकेमा भने तारे होटलमा कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई