२१ असार २०८३, आइतबार | July 5, 2026

देउवा निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।

पार्टीको १४ औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय पदाधिकारी बैठक बोलाएको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आज दिउँसो ३ः०० बजे बैठक बस्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

यसअघि मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति गरेको थियो । त्यहिअनुसार, आज बस्ने कांग्रेसको पदाधिकारी बैठकले परराष्ट्रमन्त्री छनोट गर्ने जनाइएको छ ।

कांग्रेस स्रोतका अनुसार डा। नारायण खड्काको सम्भावना रहेको छ । यस विषयमा सत्तारुढ गठबन्धनको बैठकमा पनि छलफल भएको थियो । परराष्ट्रमन्त्रीलाई आजै शपथ खुवाउने तयारी रहेको छ ।

यसअघि प्रधानमन्त्री देउवाले असार २९ गते चार मन्त्री नियक्त गरेका थिए । जसमा कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री छन् भने नेकपा (माओवादी केन्द्र) बाट पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थमन्त्री छन् ।

त्यसपछि प्रधानमन्त्री देउवाले साउन १० गते कांग्रेसबाट स्वास्थ्यराज्यमन्त्री नियुक्त गरेका थिए । कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्रीका रुपमा कार्यरत छन् ।

आजको कांग्रेस पदाधिकारी बैठकमा १४ औं महाधिवेशनका विषयमा पनि छलफलल हुने जनाइएको छ । कांग्रेसका केही जिल्लामा क्रियाशील सदस्यता विवादले वडा अधिवेशन हुन सकेको छैन । त्यस विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : ३६ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी