२६ माघ २०८२, सोमबार | February 9, 2026

छिट्टै सरकारमा जान्छौं : माधव नेपाल



हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन् ।

शनिवार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत) छिट्टै सरकारमा सहभागी हुने बताएक हुन् । नेपालले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशिल हुने दाबी गरे । उनले भने, ‘नेकपा(एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाक्नेछ । यो देशलाई परिवर्तनको दिशामा अगाडी बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इजजत र प्रतिष्ठा बचाउने हो ।’

अध्यक्ष नेपालले गठबन्धनका विचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए । उनले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताए । ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ । प्रदेशमा पनि सामुहिक रुपमा सरकार चलाउन चाहान्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहान्छौँ । योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ’, नेपालले भने ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको दाबी गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ३६ बजे

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु