४ भदौ २०८३, बिहिबार | August 20, 2026

प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिने, असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विशवासको मत लिने भएका छन् । सोही प्रयोजनका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेशप्रमुखसमक्ष सिफारिस गरेको छ ।

जनता समाजवादी पार्टी जसपाबाट मुख्यमन्त्री बनेका राउतले आफ्नो पार्टी विभाजन भएपछि विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले प्रतिनिधित्वि गर्ने दल विभाजन भएपछि अनिवार्य रुपमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । संविधानको धारा १८८ को उपधारा २ मा भनिएको छ, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए तीस दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’

मुख्यमन्त्रीको दल विभाजन भएपनि उनी सहज बहुमतमा छन् । व्यवहारिक रुपमा पहिल्यै फुटिसकेको जसपाका मुख्यमन्त्री राउतले यसअघि नै पार्टीभित्रको फरक धार महन्थ ठाकुर पक्षधर मन्त्री र सांसदहरुलाई संसदीय दलबाटै हटाएका थिए । उनीहरु अहिले लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा छन् ।

अहिले प्रदेश २ सरकारमा जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन् । केन्द्रमा गठबन्धन भएका कारण एकीकृत समाजवादीको पनि राउतलाई नै समर्थन रहेको छ । १३ जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीसमेत सरकारमा सहभागी भए राउतको पक्षमा दुई तिहाइको पुग्नेछ। प्रदेश २ प्रदेशसभामा १०४ जना सांसद रहेका छन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ३४ बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका