१२ बैशाख २०८३, शनिबार | April 25, 2026

वर्तमान सरकार ‘वार्टर सिस्टम’बाट बनेको प्रष्ट भयो : केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लेनदेनका आधारमा बनेको आरोप लगाएका छन् ।

दश्रं मनाउन गृह जिल्ला झापा पुगेर चियापान कार्यक्रम गरेका ओलीले आमन्त्रितहरुलाई सम्बोधन गर्दै गजेन्द्र हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट पारेको बताए ।

“यो सरकार वार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो ।’ उनले भने,- ‘पैसाको कारोबार भयो भएन थाहा छैन, वार्टर सिस्टमचाहिँ यसपटक देखियो ।’

ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको भन्दै दसैँले यस्ता काम नगर्न सबैलाई सुमति दिने कामना गरे । आफ्नो भाषणको सुरूआतमा उनले आज दसैँको शुभकामनामात्रै दिने र कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।

शेरबहादुर देउवाले सांसद नरहेका बाँकेका काँग्रेस कार्यकर्ता गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भएपछि हमालले राजीनामा दिएका थिए ।

भद्रपुर विमानस्थलमा ओर्लदा उनलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यसहितको टोली विमानस्थल पुगेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : ३० बजे

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा

आफै बस्ती खाली गर्दै मनोहराका सुकुम्बासी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०