सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।
प्रतिक्रिया