२३ बैशाख २०८३, बुधबार | May 6, 2026

२० सदस्यीय जम्बो टोलीसहित प्रधानमन्त्री देउवा आज बेलायत जाँदै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप-२६) मा भाग लिन आज (शुक्रबार) बेलायत जाँदैछन् ।

१२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन् ।

कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।

टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन् ।

प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत-नेपाल व्यापार तथा लगानी फोरमले आायोजना गरेको स्वागत कार्यक्रममा भाग लिने कार्यक्रम छ ।

देउवाले नोभेम्बर १ मा कोप-२६ को औपचारिक उद्घाटनमा भाग लिनेछन् । नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्ररसरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कनेछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : २४ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण