४ चैत्र २०८२, बुधबार | March 18, 2026

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला



बगदाद । इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उदेश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।

बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका सात जना अंगरक्षक घाइते भएका छन् ।

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । ग्रीन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्छ ।

ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जारी गरेको अर्को विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको बताएका छन् । उनले शान्ति कायम गर्न अपीलसमेत गरेका छन् ।

-एजेन्सी

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ११ : २४ बजे

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको