७ आश्विन २०८३, बुधबार | September 23, 2026

संविधान च्यात्न नदिन एमाले सरकार छाड्न तयार छ : केपी ओली



काठमाडौं । संघीय सरकार सहित एमालेले नेतृत्व गरेको सबै प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उमालेले सरकार छाड्न तयार रहेको बताएका छन् । एमाले कर्णाली(काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकार छोड्न तयार रहेको तर देशलाई तलमाथि हुन नदिने बताएका हुन्।

संघीय र प्रदेश संरचनाको सरकारबाटै बाहिीरएको पार्टी एमालेका अध्यक्ष ओलीले सरकार छाडेर भएपनि संविधान च्यात्न नदिने बताए । ‘हामी सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिदैनौँ ।’ उनले भने, – ‘लोकतन्त्र तलमाथि हुन दिदैनौँ, लोकतन्त्र छोड्न तयार छैनौँ ।’ ओलीले सात दशक भन्दा बढी संघर्ष गरेर आफुहरुले लोकतन्त्र ल्याएको दावी समेत गरे ।

ओलीले पाँच दलीय गठबन्धन लोकतन्त्र भक्षक रहेको टिप्पणी गर्दै गठबन्धनको नेताहरुलाई लोकतन्त्रको मुल्य मान्यता होईन सत्ता मात्र चाहिएको आरोप लगाए ।

उनले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने भन्दै कार्यकर्तालाई सचेत रहन आह्वान गरे । एमाले नभए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने ओलीले आशंका गरे ।

सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाउँदै ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको टिप्पणी गरे । ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको उनको धारणा छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११