१३ बैशाख २०८३, आइतबार | April 26, 2026

तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव



धनगढी । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन् । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् ।

‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’ शनिबारदेखि धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’

उनले आफ्नो पार्टीसँग हतियार नभएको बताए । अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए ।

‘सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउँदा कुनै चौकीमाथि हामीले आक्रमण गरेनौं,’ उनले भने, ‘न विदेशीसँग सहयोग माग्यौं । अनि कसरी हतियार हुन्छ । बिना प्रमाण किन आरोप लगाइँदै छ ?’

सरकारसँग वार्ता गरे पनि यो संविधान भने आफ्नो पार्टीले नमान्ने उनले बताए । वार्तामा संविधान मान्नुपर्छ भन्ने सहमति नभएको बताउँदै उनले आफूहरूको एजेण्डा जनमत संग्रह भएको बताए ।

‘संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो,’ उनले भने,‘यस्तो व्यवस्था मानेर कुर्सीमा बस्न यो पार्टी जन्मेको होइन । हाम्रो माग जनमत संग्रह गर्ने हो । त्यसैका लागि हामी संघर्ष गर्ने छौं ।’

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ४८ बजे

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले

बुटवलको सूचनापछि उच्च अदालत अगाडि बसेका घरटहरा धनीले अन्यत्र सार्न थाले आफ्ना सामान

बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास