३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोनाको ओमिक्रोन महामारीलाई चुनौती दिँदै बुटवलमा व्यापार मेला लगाइँदै



बुटवल । सरकारले ६७ मुलुकबाट नेपाल प्रवेश गर्ने जो कोहीलाई अनिवार्य क्वारिन्टेन बस्नै पर्ने उर्दी जारी गरेकै दिन बुटवलमा भने तामझामका साथ व्यापार मेला सञ्चालन गर्ने घोषणा गरिएको छ ।

विश्व समुदायका अधिकांस मुलुकहरुमा कोरोनाको ओमिक्रोनको महामारी बढेका कारण पुनः लकडाउनको तयारी भएपनि नेपालमा भने हजारौं जनमानस एकैस्थानमा भेलागर्ने दाबी गर्दै मेला लगाउने तयारी गरिएको छ ।

कोरोना महामारीले घरदैलोमा नै त्रास देखाउन थालेका बेला उद्योग व्यापार संघ रुपन्देहीले भने ५ लाख जनमानसलाई एकै स्थानमा भेला गरेर ५० करोडको कारोबार गर्ने घोषणा गरेको छ । कोरोनाको पहिलो र दोस्रो महामारीमा हजारौं नेपालीले परिवार गुमाएर वर्ष दिन नपुग्दै मेला लगाउने तयारीले थप नागरिकहरुमा त्रास र पिडा थप्ने सम्भावना समेत बढाएको स्थानीयबासीले बताएका छन् ।

आयोजकले आज पत्रकार सम्मेलन गर्दै ४५० स्टल र बिभिन्न मनोरन्जनको कार्यक्रम गरेर ५ लाख बढी जनमानस एकै स्थानमा भेला गराउने घोषणा गरेको छ । त्यसो त नेपालमा सरकारका बसेका बेला आफैले लकडाउनको घोषणा गर्ने र पालना नगरेकालाई डण्ड जरिवाना गर्ने दलहरु आफै लाखौं नागरिकलाई भेला गरेर माहामारीलाई चुनौती दिईरहेका छन् ।

पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस ८ देखि २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएका छन् । मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दैसंघका अध्यक्ष गोबिन्दराज गैरेले ५ लाख बढीले मेला हेर्न आउने अपेक्षा राखिएको बताए ।

मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो,निशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छ ।

मेलाले उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगहरुलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने तथा रुपन्देही र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन र नेपाली कला संस्कृति संरक्षणमा पनि टेवा पु¥याउने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए । तर यसरी भेला गर्दा फैलन सक्ने संक्रमण र त्यसबाट हुन सक्ने मानविय क्षतिका विषयमा भने आयोजकहरुले केही बताएनन् ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ०५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको