२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सरकारी वकिलको कार्यक्रममा प्रधानन्यायाधीश जबरालाई बहिष्कार



काठमाडौं । सरकारी वकिलहरुको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिष्कार गरेको छ ।

हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो ।

महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा बिहीबार कार्की ब्यांकेटमा विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।

यसअघिका स्थापना दिवसमा प्रधानन्यायाधीशलाई विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरिन्थ्यो । तर यसपालि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनको नेतृत्वमा भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै महान्यायाधिवक्ता कार्यालयले आमन्त्रण नगरेको बुझिएको छ । यद्यपि पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायलाई आमन्त्रण गरिएको छ । उनलाई सम्मान गर्ने तथा स्वागत मन्तव्यसमेत राख्ने कार्यक्रम छ ।

महान्यायाधिवक्ता कार्यालयका एक सहन्यायाधिवक्ताका अनुसार प्रधानन्यायाधीश विवादमा परेको, राजीनामा माग्दै आन्दोलन भइरहेको, जबरालाई कुनै पनि कार्यक्रममा सहभागी नगराउन बारबाट पत्र आएको र सत्ता गठबन्धनले नै निकास (राजीनामा) दिन भनेकाले सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता खम्मबहादुर खातीको निर्देशनमा आमन्त्रण नगरिएको हो ।

प्रधानन्यायाधीश नबोलाइएको कार्यक्रममा आन्दोलनकारी कानुन व्यवसायी भने बोलाइएको छ । आन्दोलनमा रहेका बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई आमन्त्रण गरेर शुभकामना मन्तव्यका लागि पनि समय छुट्याइएको छ ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, पूर्वमहान्यायाधिवक्ताहरु, सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, प्रहरी महानिरीक्षक, उपत्यकाका सरकारी वकिल तथा कर्मचारीलाई आमन्त्रण गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थापना दिवस विशेष बुलेटिन विमोचन तथा पुरस्कार वितरण गर्ने कार्यतालिका छ । देउवाले शुभकामना मन्तव्यसमेत राख्ने छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ५४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष