१९ बैशाख २०८१, बुधबार | May 1, 2024

प्रतिवेदनको मूल स्पिरिटप्रति सबैको समर्थन छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि सवैको समर्थन रहेको बताएका छन् ।

बिहीबार बन्दसत्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले दस्तावेजमाथि सवै समूहको आमरुपमा समर्थन रहेको बताएका हुन् ।

उनलाई काउन्टर दिने गरि नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले फरक मत पेस गरेको छन् । तर प्रचण्डले फरक मत विवाद हुने खालको नभएको बताए ।

‘फरक मत भनेर त्यस्तो विवाद हुने खालको एउटा पनि छैन । तपाईंहरु कोही भ्रममा नपर्नुहोला। दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै सबैले धारणा राख्नुभएको छ’ प्रचण्डले भने ।

दस्ताबेज नभएको भन्दा पनि सुधारको सुझाव आएको उनको दाबी छ ।

‘दस्तावेजप्रति सबै समूहको आमरुपमा समर्थन छ । त्यसलाई परिमार्जन गर्न मिहिनेत गरेर ग्रुपले यहाँ यहाँ सुर्धानुर्पछ, यहाँ पुग्या छैन भनेर भन्ने कुरा पनि गर्नुभएको छ। दस्तावेजको मूल स्पिरिटप्रति सबैको समर्थन छ ।’

विभिन्न २५ समूह बनाएर गरिएको छलफलका क्रममा नेताहरुको सम्पत्ति छानविन, नेता व्यवस्थापन, राजनीतिक दलहरुमाथिको दृष्टिकोण लगायतमा नेताहरुले प्रश्न राखेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ९ : ३५ बजे

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी

साउन १ देखि पशुपतिको विद्युतीय शवदाह गृह निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह आगामी साउन १ गतेदेखि

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

राैतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ