१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

प्रतिवेदनको मूल स्पिरिटप्रति सबैको समर्थन छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि सवैको समर्थन रहेको बताएका छन् ।

बिहीबार बन्दसत्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले दस्तावेजमाथि सवै समूहको आमरुपमा समर्थन रहेको बताएका हुन् ।

उनलाई काउन्टर दिने गरि नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले फरक मत पेस गरेको छन् । तर प्रचण्डले फरक मत विवाद हुने खालको नभएको बताए ।

‘फरक मत भनेर त्यस्तो विवाद हुने खालको एउटा पनि छैन । तपाईंहरु कोही भ्रममा नपर्नुहोला। दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै सबैले धारणा राख्नुभएको छ’ प्रचण्डले भने ।

दस्ताबेज नभएको भन्दा पनि सुधारको सुझाव आएको उनको दाबी छ ।

‘दस्तावेजप्रति सबै समूहको आमरुपमा समर्थन छ । त्यसलाई परिमार्जन गर्न मिहिनेत गरेर ग्रुपले यहाँ यहाँ सुर्धानुर्पछ, यहाँ पुग्या छैन भनेर भन्ने कुरा पनि गर्नुभएको छ। दस्तावेजको मूल स्पिरिटप्रति सबैको समर्थन छ ।’

विभिन्न २५ समूह बनाएर गरिएको छलफलका क्रममा नेताहरुको सम्पत्ति छानविन, नेता व्यवस्थापन, राजनीतिक दलहरुमाथिको दृष्टिकोण लगायतमा नेताहरुले प्रश्न राखेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ९ : ३५ बजे

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको

बाख्रापालनबाट स्वरोजगार

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

सरकारी कार्यक्रम अब होटलमा होइन, कार्यालयभित्रै सञ्चालन गर्नुपर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका