११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

भारतमा कोरोना बढेपछि नेपाल फर्केको संख्या बढ्दै, कोरोना संक्रमण पनि उच्च



धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ ।

भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् ।

‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउँदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्दा पछिल्लो समय कोरोना संक्रमण दर पनि बढेको छ ।,’ भारतमा संक्रमण दर ह्वात्तै बढेपछि त्रिनगर–गौरीफन्टा र गड्डाचौकी नाका भएर स्वदेश फर्कने नेपालीको संख्या बढेको हो । पश्चिमी नाका गड्डाचौकी र गौरीफन्टा भएर दैनिक डेढ/दुई हजार नागरिक स्वदेश फर्किरहेका छन् । भारतबाट फर्कनेको संख्या बढेसँगै यहाँ संक्रमण दर पनि बढेको उनले बताए ।

भारतबाट फर्कने नेपालीको सीमा क्षेत्रमै कोरोना परीक्षण भइरहेको र स्वास्थ्य सामाग्री पर्याप्त रहेको उनी बताउँछन् । अहिले खोप नलगाएका व्यक्तिलाई सीमामै खोप समेत प्रदान गरिँदै आएको छ ।

स्वास्थ्य संयोजक साउँदका अनुसार भारतबाट आउने नेपालीमा कोरोना संक्रमण देखिने दर पनि उच्च हुन थालेको छ । उनका अनुसार भारतबाट आउने नेपाली मध्य पुस २२ गते ४८ जनामा, पुस २३ गते ६७ जनामा र आज (शनिबार) ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आउने नेपालीले कोरोना बढेसँगै बोरोजगार हुने डरले नेपाल आएको बताएका छन् । ‘भारतमा कोरोना बढेपछि धेरै व्यवसायी सचेत बनेका छन्,’ धनगढी–१३ का रामसिंह बोहराले भने, ‘अझै कोरोना बढेमा बेरोजगार हुने र लकडाउनमा फसिने सम्भावना बढेका कारण समयमै स्वदेश आएका हौं ।’ भारतमा कोरोना संक्रमण बढ्नथालेपछि त्यहाँ रहेका नेपाली मजदुर धमाधम नेपाल आउन थालेका उनले बताए ।

भारतको दिल्लीबाट फर्केका बझाङका दिनेश नेपालीले पनि कोरोना त्रास पछि नेपाल फर्किएको बताए । दुई सातामै भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ,’ उनले भने, ‘आगामी दिनमा संक्रमण दर झनै बढ्न सक्ने देखिएपछि म नेपाल फर्केको हु ।’ सीमा नाकामा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै उनले अव ढुक्कसँग घर जाने बताए ।

सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतमा रहेका नेपाली स्वदेश आउने गरेकोमा कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा मात्रै भारतबाट फर्किएका नेपालीको कोरोना परीक्षण हुँदै आएको छ । बैतडी, दार्चुला लगायत कैलालीको खक्क्रौला नाकाबाट नेपाल आउने नेपाली नागरिक भने कोरोना परीक्षण विना नै नेपाल आउने गरेका छन् ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ५५ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम